समाजकल्याण भनेको के हो?समाज कल्याण र समाज कार्य मा के फरक छ?(What is social welfare? Different between social welfare and social work)
•सामान्य अर्थमा समाजकल्याण भन्नाले सामाजिक सेवा र संस्थाको संगठित व्यवस्था हो |जसले लाचार लाई सेवा पुर्याइरहेको हुन्छ |समुदायको कल्याण सम्बन्धी आवश्यकताको पूर्ति गर्दछ र यसको लागि समुदायले साधनको उपयोग गर्छ |जस्तै अनाथालय को स्थापना, वृद्धाश्रमको स्थापना महिला बालबालिकाको न्यायालयको स्थापना आदि| समाजकल्याणको मुख्य उद्देश्य समाजको कमजोर सहाय र अशक्त व्यक्तिका लागि सेवा पुराउन तथा समाजको आर्थिक सामाजिक तथा सांस्कृतिक विकास गर्नु र समाजलाई मानवीय रुपमा सञ्चालन गर्नु नै समाजकल्याण सेवा उद्देश्य रहेको छ| समाजकल्याणको अवधारणा निकै प्राचीन तर व्यापक र बृस्तित रहेको छ वास्तवमा समाज कल्याणले कुनैपनि व्यक्तिको अधिकारमा हस्तक्षेप नगरी सबैलाई आर्थिक सामाजिक निर्दोष सम्बन्धी र कमजोर निमुखालाई समान अवसर प्रदान गर्ने योजना बनाएको हुन्छ समाजकल्याण समस्यालाई समाधान गर्ने व्यक्ति र समुहलाई प्रगतिको लागि सहायक रहेको हुन्छ यसैक्रममा यस्तै कम्टर पि ले भनेका छन् “समाजकल्याण संस्था हो जसका निश्चित मापदण्ड मूल्य र मान्यता जिम्मेवार का आधारमा सामाजिक कार्य क्रियाकलापमा सामाजिक संस्था अन्तरगत कार्यान्वयन गरिन्छ यसरी हेर्दा सम्झौताले यस संस्थाको निश्चित मापदण्ड मूल्य मान्यताका आधारमा गरिन्छ भन्ने बुझिन्छ"|
समाजकल्याण परिभाषालाई हेर्ने हो भने विभिन्न देशले आफ्नो आर्थिक सामाजिक र राजनीतिक पृष्ठभूमि द्वारा पारिएको बुझिन्छ समाजको परिवर्तन साथसाथै समाजकल्याणको धारणा पनि छन् देखिन्छ समयअनुसार सेवातिर तरिका सुधार परिवर्तन र विकास हुँदै गएकाले देशमा एउटी परिभाषा आउँदैन| हाम्रो देश नेपालमा पनि समाजकल्याणको योजनाबद्ध रुपमा सञ्चालन भएको धेरै भएको छैन विसं २०१३ सालमा पहिलो पञ्चवर्षीय योजनामा समाजिक कल्याणको क्षेत्रमा गाँस बास र कपास उत्पादनमा वृद्धि स्वास्थ्य शिक्षा जस्ता कुरालाई अघि बढाइएको थियो समाजकल्याण विभागले परिभाषा एउटै हुन सक्ने कुरा अघि बढाएका थिए समाजकल्याण क्षेत्र अनुसार निम्न कुराहरु रहेका छन्|
1) बालकल्याण
2) मातृ तथा शिशु कल्याण
3) शिक्षा
4) स्वास्थ
5) आवास
6) संस्कृति तथा मनोरञ्जन
7) बेबसायिक व्यवस्थापन
8) समाजमा गरिब आयाम तथा असुरक्षित सहायता
9) पिछडिएको वर्गको प्रगति
10) दुर्घटनासम्बन्धी समयमा व्यक्ति सुरक्षा
•समाजिक कल्याण र समाजिक कार्य बिच निम्न भिन्नता हरु रहेका छन-:
सामाजिक सेवा (Social service) र सामाजिक कार्य (Social work) को भिन्नता निम्न् क्रमश..
१. समाजकल्याण संस्था हो जसका निश्चित मापदण्ड मूल्य र मान्यता जिम्मेवार का आधारमा सामाजिक कार्य क्रियाकलापमा सामाजिक संस्था अन्तरगत कार्यान्वयन गरिन्छ यसरी हेर्दा सम्झौताले यस संस्थाको निश्चित मापदण्ड मूल्य मान्यताका आधारमा गरिन्छ भन्ने बुझिन्छ। १.सामाजिक कार्य भनेको व्यक्ति समुह तथा समुदायको उच्चतम सन्तुष्टि प्राप्तिका लागि गरिने जटिल तथा संगठित प्रयासहरू सामाजकार्य अन्तर्गत समाहित हुन्छन्।
२.समाजकल्याण ले उपलब्ध स्रोत र साधन लाई सस्था द्वारा समाजकार्य लाई ब्यबसायिक ढंग द्वारा पूरा गर्छ। २. सामाजिक कार्य अथित तथा राजनैतिक शक्ति भन्दा बढी समाजवादी ढंगको सहायताबाट पुनः वितरणमा विश्वास गर्दछ।
३. सामाजिक आर्थिक तथा स्वास्थ्य जीवन बिताउनका लागि उचित अवस्थाको सृजना गर्दछ। ३. सामाजकार्य उत्पादनको सामाजिक व्यावहारिकतामा विश्वास गर्दछ, तथा उत्पादनलाई सामाजिक उद्देश्यको अधीन मान्दछन्।
४. सबैलाई समान अवसर प्रदान गर्नु हो। ४. सामाजिक न्यायमा विश्वास राख्दछन्।
५. समाजकल्याण जुन माध्य्म द्वारा भय पनि गरिब जनता को हित मा रहि उनी हरु लाई पहुच मा ल्याउन सक्ने कुरा उदेश्य राखेको हुन्छ। ५. सामाजिक कार्य आधुनिकरण मा विश्वास राख्दछन्।
निस्कर्स मा यसरी हेर्दा समाज कल्याण र समाज कार्य ले कुनै कुनै अवस्था मा भिन्न-भिन्न अबधार्णा राखे पनि इनि हरु दुबै को उदेश्य यौटै रहेको छ किनकी दुबै को उदेश्य समाज को बिकास र समाज को हित को लागि रहेको हुन्छ। आजको २१ औं सताब्धी को युग मा आयर पनि हामी पुरानै ढंग द्वारा समाज कार्य लाई अगाडि बढाउन सम्भब नहुने हुना ले अब यसलाई ब्यबसाहिक ढंग ले आधुनिक सोच हरु अपनायर गर्यो भने अबस्य पनि समाजिक कार्य मा आमूल परिबर्तन हुने कुरा लाई नकार्न सकिँदैन।
-Sabin Bhattarai
