Wednesday, July 15, 2020

What is social welfare? Different between social welfare and social work

समाजकल्याण भनेको के हो?समाज कल्याण र समाज कार्य मा के फरक छ?(What is social welfare? Different between social welfare and social work)
•सामान्य अर्थमा समाजकल्याण भन्नाले सामाजिक सेवा र संस्थाको संगठित व्यवस्था हो |जसले लाचार लाई सेवा पुर्याइरहेको हुन्छ |समुदायको कल्याण सम्बन्धी आवश्यकताको पूर्ति गर्दछ र यसको लागि  समुदायले साधनको उपयोग गर्छ |जस्तै अनाथालय को स्थापना, वृद्धाश्रमको स्थापना महिला बालबालिकाको न्यायालयको स्थापना आदि| समाजकल्याणको मुख्य उद्देश्य  समाजको कमजोर सहाय र अशक्त व्यक्तिका लागि सेवा पुराउन तथा समाजको आर्थिक सामाजिक तथा सांस्कृतिक विकास ग
र्नु र समाजलाई मानवीय रुपमा सञ्चालन गर्नु नै समाजकल्याण सेवा उद्देश्य रहेको छ| समाजकल्याणको अवधारणा निकै प्राचीन तर व्यापक र बृस्तित रहेको छ वास्तवमा समाज कल्याणले कुनैपनि व्यक्तिको अधिकारमा हस्तक्षेप नगरी सबैलाई आर्थिक सामाजिक  निर्दोष सम्बन्धी र कमजोर निमुखालाई समान अवसर प्रदान गर्ने योजना बनाएको हुन्छ समाजकल्याण समस्यालाई समाधान गर्ने व्यक्ति र समुहलाई प्रगतिको लागि सहायक रहेको हुन्छ यसैक्रममा यस्तै कम्टर पि ले भनेका छन् “समाजकल्याण संस्था हो जसका निश्चित मापदण्ड मूल्य र मान्यता जिम्मेवार का आधारमा सामाजिक कार्य क्रियाकलापमा सामाजिक संस्था अन्तरगत कार्यान्वयन गरिन्छ यसरी हेर्दा सम्झौताले यस संस्थाको निश्चित मापदण्ड मूल्य मान्यताका आधारमा गरिन्छ भन्ने बुझिन्छ"| 

समाजकल्याण परिभाषालाई हेर्ने हो भने विभिन्न देशले आफ्नो आर्थिक सामाजिक र राजनीतिक पृष्ठभूमि द्वारा पारिएको बुझिन्छ समाजको परिवर्तन साथसाथै समाजकल्याणको धारणा पनि छन् देखिन्छ समयअनुसार सेवातिर तरिका सुधार परिवर्तन र विकास हुँदै गएकाले देशमा एउटी परिभाषा आउँदैन| हाम्रो देश नेपालमा पनि समाजकल्याणको योजनाबद्ध रुपमा सञ्चालन भएको धेरै भएको छैन विसं २०१३ सालमा पहिलो पञ्चवर्षीय योजनामा समाजिक कल्याणको क्षेत्रमा गाँस बास र कपास उत्पादनमा वृद्धि स्वास्थ्य शिक्षा जस्ता कुरालाई अघि बढाइएको थियो समाजकल्याण विभागले परिभाषा एउटै हुन सक्ने कुरा अघि बढाएका थिए समाजकल्याण क्षेत्र अनुसार निम्न कुराहरु रहेका छन्|
1) बालकल्याण
2) मातृ तथा शिशु कल्याण
3) शिक्षा
4) स्वास्थ 
5) आवास
6) संस्कृति तथा मनोरञ्जन
7) बेबसायिक व्यवस्थापन
8) समाजमा गरिब आयाम तथा असुरक्षित सहायता
9) पिछडिएको वर्गको प्रगति
10) दुर्घटनासम्बन्धी समयमा व्यक्ति सुरक्षा
•समाजिक कल्याण र समाजिक कार्य बिच निम्न भिन्नता हरु रहेका छन-:
सामाजिक सेवा (Social service) र सामाजिक कार्य (Social work) को भिन्नता निम्न् क्रमश..
१. समाजकल्याण संस्था हो जसका निश्चित मापदण्ड मूल्य र मान्यता जिम्मेवार का आधारमा सामाजिक कार्य क्रियाकलापमा सामाजिक संस्था अन्तरगत कार्यान्वयन गरिन्छ यसरी हेर्दा सम्झौताले यस संस्थाको निश्चित मापदण्ड मूल्य मान्यताका आधारमा गरिन्छ भन्ने बुझिन्छ।             १.सामाजिक कार्य भनेको व्यक्ति समुह तथा समुदायको उच्चतम सन्तुष्टि प्राप्तिका लागि गरिने जटिल तथा संगठित प्रयासहरू सामाजकार्य अन्तर्गत समाहित हुन्छन्।
२.समाजकल्याण ले उपलब्ध स्रोत र साधन लाई सस्था द्वारा समाजकार्य  लाई ब्यबसायिक ढंग द्वारा पूरा गर्छ।         २. सामाजिक कार्य अथित तथा राजनैतिक शक्ति भन्दा बढी समाजवादी ढंगको सहायताबाट पुनः वितरणमा विश्वास गर्दछ।
३. सामाजिक आर्थिक तथा स्वास्थ्य जीवन बिताउनका लागि उचित अवस्थाको सृजना गर्दछ।                                 ३. सामाजकार्य उत्पादनको सामाजिक व्यावहारिकतामा विश्वास गर्दछ, तथा उत्पादनलाई सामाजिक उद्देश्यको अधीन मान्दछन्।
४. सबैलाई समान अवसर प्रदान गर्नु हो।                          ४. सामाजिक न्यायमा विश्वास राख्दछन्।
५. समाजकल्याण जुन माध्य्म द्वारा भय पनि गरिब जनता को हित मा रहि उनी हरु लाई पहुच मा ल्याउन सक्ने कुरा उदेश्य राखेको हुन्छ।                                                         ५. सामाजिक कार्य आधुनिकरण मा विश्वास राख्दछन्।

निस्कर्स मा यसरी हेर्दा समाज कल्याण र समाज कार्य ले कुनै कुनै अवस्था मा भिन्न-भिन्न अबधार्णा राखे पनि इनि हरु दुबै को उदेश्य यौटै रहेको छ किनकी दुबै को उदेश्य समाज को बिकास र समाज को हित को लागि रहेको हुन्छ। आजको २१ औं सताब्धी को युग मा आयर पनि हामी पुरानै  ढंग द्वारा समाज कार्य  लाई अगाडि बढाउन सम्भब नहुने हुना ले अब यसलाई ब्यबसाहिक ढंग ले आधुनिक सोच हरु अपनायर गर्‍यो भने अबस्य पनि समाजिक कार्य मा आमूल परिबर्तन हुने कुरा लाई नकार्न सकिँदैन।

-Sabin Bhattarai

Friday, June 12, 2020

Important of social work and development of social work in context of Nepal

1) importance of social work and Develop of social work in context of Nepal.
  • (नेपाल को सम्दर्भ मा समाज कार्य को बिकास र समाज कार्य को महत्व)
•सामान्य अर्थमा प्रस्ट्याउदा समाज कार्य ले तेस्ता कार्य लाई जनाउछ जहाँ कुनै ब्यक्ती,समाज,समूह र कुनै सस्था मार्फत निस्वार्थ भावना ले बिना लोभ लालच ले स्व्स्थस्फ्रुत रुप मा  रहेर समाज लाई हित हुने कार्य  गर्दछ भने तेसलाई समाजिक कार्य भनिन्छ। नेपाल को सन्दर्भ मा समाजकार्य को बिकास धार्मिक बिकास संघै भयको पाईन्छ, त्यस पुर्ब को समयमा मानिसहरु पशुको जीवन जिउन बाध्य थिय, दुखी, अशक्त गरिब कसै लाई कसैको केही सहयोग थियन। मानिस यक नरकिय जीवन बिताउन बाध्य थियो। तर पछि गयर धार्मिक बिकास सङ्गै धार्मिक गुरु हरु ले दुखी लाई सहयोग गरे बैकुण्ठ मा बाँस हुन्छ, अरु को राम्रो सोच्यो भने देबि देवता खुसी हुन्छन भन्ने जस्तै बिचार जन्माईसके पछि मानिस हरु यक अर्का लाई सहयोग गर्न थाले, दुखी को मद्दत गर्न थाले, यसरी समाज कार्य ले यौटा नया मोड लियो, विश्व मा भयको बिकास र परिबर्तन का कारण अब त्यति मात्र हामीलाई प्रयाप्त छैन समाज कार्य लाई साघुरो बनाउनु हुदैन भन्ने सोच, बिचार हरु अघि बड्न थाले पछि गयर समाजकार्य लाई बैज्ञानिक ढ्ङ्गले अघि बढाउदै आज समाजकार्य यक ब्यबसाहिक कार्य बन्न पुग्यो जहाँ समाजकार्य लाई अहिले पेशागत रुपमा अघि बढाईयको छ।

नेपाल यक बिकाससिल रास्ट्र हो, यहाँ गरिबी छ, बेरोजगारी छ, बिबेध छ, पछौटेपन छ, अबसर छैन त्यसकारण यहाँ मानिस कोहि खुसी सङ्ग जीवन जिउन नपाईरहेको अवस्था छ। समाजकार्य यक समाजिक, धार्मिक, आर्थिक, राजनीतिक , सस्कृतिक, मनोबैज्ञानिक समस्या हरु लाई समेटेर अगाडि बढाउने हुना ले समाजकार्य बर्तमान नेपाल को लागि नितान्त आबस्यक छ।समाजमा विभिन्न किसिमका समस्या र चुनौती हरु ले पच्यायको कारण समुदायको भाबनात्मक मनोबैज्ञानिक समस्याहरु समधान गर्ने प्रयास मा समाजिक कार्य ले मद्दत गर्दछ। खासगरी नेपाल मा राजनैतिक अस्थिर ता छैन, दिगो बिकास का अभधारणा हरु अघि बढेका छैनन्, जनता अन्योल अबस्था मा छन तेहि कारण ले दिनहु समाजिक आन्दोलन हुने गरेको छ।राज्य को नीति प्रती जनता खुसी छैनन जसकारण समाजमा दिनहु झै झगडा, कलह हुनु स्वभाबिक हो, अशिक्षा का कारण बालबिबाह, दाइजो प्रथा, छाउपडी प्रथा ले यकदमै नराम्रो सङ्ग जडो गाडेको छ जसकारण समाजकार्य यक महत्वपूर्ण खुड्किला बनेर समाज अघि बढाउन लागि परेको छ, समाजकार्य समाजको यक अभिन्न अङ्ग बनेर खडा बनेको छ। समाजकार्य यक कल्याणकारी कार्य हो जसको आधारमा बैज्ञानिक ग्यान , प्रबिधी यबम निपुर्णता मा आधारित रहेर समाजकार्य लाई  निकै ठुलो योगदान पुर्यायको छ।समाजकार्य समाजका जमातलाई यकता मा जुट्न आहवान गरिरहे को हुन्छ जसले समाजलाई यक सकारात्मक बिचार हरु प्रधान गरेको हुन्छ। समाजकार्य ले समाजमा भै रहेको बिकास निर्माण मा खबर दारी गर्ने गरेको हुन्छ, समाजमा जति परिबर्तन सिल कार्य हरु हुन्छन ती सबै कार्य मा समाजकार्य ले हातेमालो गरेर अघि बढ्ने प्रयत्न गरिरहेको हुन्छ।बिबिध समस्या हरु बाट समाज गुज्री रहेको अबस्था मा समाजकार्य यक महत्वपूर्ण खुड्किलो हो, जस्को उदेश्य जसरी भय पनि समाजलाई अगाडि बढाउनु नि रहेको हुन्छ।