- (नेपाल को सम्दर्भ मा समाज कार्य को बिकास र समाज कार्य को महत्व)
•सामान्य अर्थमा प्रस्ट्याउदा समाज कार्य ले तेस्ता कार्य लाई जनाउछ जहाँ कुनै ब्यक्ती,समाज,समूह र कुनै सस्था मार्फत निस्वार्थ भावना ले बिना लोभ लालच ले स्व्स्थस्फ्रुत रुप मा रहेर समाज लाई हित हुने कार्य गर्दछ भने तेसलाई समाजिक कार्य भनिन्छ। नेपाल को सन्दर्भ मा समाजकार्य को बिकास धार्मिक बिकास संघै भयको पाईन्छ, त्यस पुर्ब को समयमा मानिसहरु पशुको जीवन जिउन बाध्य थिय, दुखी, अशक्त गरिब कसै लाई कसैको केही सहयोग थियन। मानिस यक नरकिय जीवन बिताउन बाध्य थियो। तर पछि गयर धार्मिक बिकास सङ्गै धार्मिक गुरु हरु ले दुखी लाई सहयोग गरे बैकुण्ठ मा बाँस हुन्छ, अरु को राम्रो सोच्यो भने देबि देवता खुसी हुन्छन भन्ने जस्तै बिचार जन्माईसके पछि मानिस हरु यक अर्का लाई सहयोग गर्न थाले, दुखी को मद्दत गर्न थाले, यसरी समाज कार्य ले यौटा नया मोड लियो, विश्व मा भयको बिकास र परिबर्तन का कारण अब त्यति मात्र हामीलाई प्रयाप्त छैन समाज कार्य लाई साघुरो बनाउनु हुदैन भन्ने सोच, बिचार हरु अघि बड्न थाले पछि गयर समाजकार्य लाई बैज्ञानिक ढ्ङ्गले अघि बढाउदै आज समाजकार्य यक ब्यबसाहिक कार्य बन्न पुग्यो जहाँ समाजकार्य लाई अहिले पेशागत रुपमा अघि बढाईयको छ।
नेपाल यक बिकाससिल रास्ट्र हो, यहाँ गरिबी छ, बेरोजगारी छ, बिबेध छ, पछौटेपन छ, अबसर छैन त्यसकारण यहाँ मानिस कोहि खुसी सङ्ग जीवन जिउन नपाईरहेको अवस्था छ। समाजकार्य यक समाजिक, धार्मिक, आर्थिक, राजनीतिक , सस्कृतिक, मनोबैज्ञानिक समस्या हरु लाई समेटेर अगाडि बढाउने हुना ले समाजकार्य बर्तमान नेपाल को लागि नितान्त आबस्यक छ।समाजमा विभिन्न किसिमका समस्या र चुनौती हरु ले पच्यायको कारण समुदायको भाबनात्मक मनोबैज्ञानिक समस्याहरु समधान गर्ने प्रयास मा समाजिक कार्य ले मद्दत गर्दछ। खासगरी नेपाल मा राजनैतिक अस्थिर ता छैन, दिगो बिकास का अभधारणा हरु अघि बढेका छैनन्, जनता अन्योल अबस्था मा छन तेहि कारण ले दिनहु समाजिक आन्दोलन हुने गरेको छ।राज्य को नीति प्रती जनता खुसी छैनन जसकारण समाजमा दिनहु झै झगडा, कलह हुनु स्वभाबिक हो, अशिक्षा का कारण बालबिबाह, दाइजो प्रथा, छाउपडी प्रथा ले यकदमै नराम्रो सङ्ग जडो गाडेको छ जसकारण समाजकार्य यक महत्वपूर्ण खुड्किला बनेर समाज अघि बढाउन लागि परेको छ, समाजकार्य समाजको यक अभिन्न अङ्ग बनेर खडा बनेको छ। समाजकार्य यक कल्याणकारी कार्य हो जसको आधारमा बैज्ञानिक ग्यान , प्रबिधी यबम निपुर्णता मा आधारित रहेर समाजकार्य लाई निकै ठुलो योगदान पुर्यायको छ।समाजकार्य समाजका जमातलाई यकता मा जुट्न आहवान गरिरहे को हुन्छ जसले समाजलाई यक सकारात्मक बिचार हरु प्रधान गरेको हुन्छ। समाजकार्य ले समाजमा भै रहेको बिकास निर्माण मा खबर दारी गर्ने गरेको हुन्छ, समाजमा जति परिबर्तन सिल कार्य हरु हुन्छन ती सबै कार्य मा समाजकार्य ले हातेमालो गरेर अघि बढ्ने प्रयत्न गरिरहेको हुन्छ।बिबिध समस्या हरु बाट समाज गुज्री रहेको अबस्था मा समाजकार्य यक महत्वपूर्ण खुड्किलो हो, जस्को उदेश्य जसरी भय पनि समाजलाई अगाडि बढाउनु नि रहेको हुन्छ।

No comments:
Post a Comment